नेप्से सूचक ८.१८ अंकले घट्यो, कारोबारमा पनि गिरावट
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से सूचकमा ८ अंकको गिरावट आएको छ । लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा मंगलबार ८.१८ अंकको गिरावट आउँदै २९२३.४६ अंकमा झरेको हो ।
मंगलबार कारोबार समेत घटेर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा झरेको छ । ७० अंकमाथिले नेप्से सूचक बढेको अघिल्लो दिन २७ अर्बमाथिको कारोबार भएको थियो । मंगलबार १५७ वटा कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्र बढेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
१३ वटा उपसूचकमध्ये बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।
मात्रिभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र डोटी पावर कम्पनीको सेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लाग्दा नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण