बागमती प्रदेश प्रहरीको प्रशासनिक भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको सुविधा सम्पन्न ३ तले भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहबिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रहरी कार्यालय हेटौँडाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित २ चरणको बजेटबाट उक्त भवनको निर्माण गरिएको हो । दुई चरण गरी २० करोड ५४ लाख ५२ हजार रुपैयाँ लागतमा भौतिक संरचनाको निर्माण सम्पन्न गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाको ७ बिगाहा ४ कट्ठा क्षेत्रफल भित्र आरसिसि फ्रेम स्ट्रक्चर अवधारणा अनुसार ५५४३/०५ वर्ग मिटर क्षेत्रफलमा बेसमेन्टसहित साढे पाँच तले कार्यालय ब्यारेक भवन निर्माण भएको छ ।
पहिलो चरणमा २०७८ वैशाख २६ गते आरआर अर्वन विल्डर्स एण्ड सप्लायर्सले भवन निर्माणको सम्झौता भएको थियो भने दोस्रो चरणमा १७ करोड ५१ लाख २७ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०७८ चैत्र २८ गते हनुमान कन्स्ट्रक्सन हेटौँडाले बाँकी कामको निर्माण सम्झौता गरेको थियो ।
उक्त भवनको भौतिक पूर्वाधारहरूको निर्माण कार्यको लागि प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट २५ करोड ३० लाख ७२ हजार रुपैयाँको लागत अनुमान बहुबर्षिय योजना अन्तर्गत स्वीकृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण