गैरे र न्यौपाने समिति सभापतिमा निर्विरोध निर्वाचित
बिहीबार, ३१ साउन २०८१, १७ : २७
काठमाडौँ । सङ्घीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
बिहीबार दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् । निर्विरोध निर्वाचित दुवै सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण