विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारीबिच नेपाल र कताको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको हो ।
भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गरे ।
त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुटको व्यवस्था मिलाइ दिन आग्रह गरे ।
सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबिच सहकार्य बढाउनु पर्नेमा समेत मन्त्री लेखकले जोड दिए ।
त्यसैगरी राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरूको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण