नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे : कुलमान घिसिङ
काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै उनले यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमात धेरै रहेको बताए । उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको बताए । उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए ।
कार्यकारी निर्देशक घिसिङले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए । उनले प्राधिकरण सरकारको ठुलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले ८ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत् महसुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे । उनले २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत् महसुल बढाएर नभई घटाएर नाफामा गएको पनि बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताए । उनले यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत् आयात भन्दा विद्युत् निर्यात बढी गरेको बताए ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटड र ट्रंक लाइनको विद्युत् बक्यौता सरकारका सम्पूर्ण निकायहरूले उठाउन सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण