पुरस्कार उपलब्ध गराइदिन मन्त्री महर्जनलाई खेलाडी संघको ध्यानाकर्षण
काठमाडौँ । पुरस्कार उपलब्ध गराइदिन माग गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । खेलाडी संघले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा घोषणा भएको पुरस्कार उपलब्ध गराउन माग गर्दै मन्त्री महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
बिहीबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण गराएको हो । गत २०७९ असोज महिना २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको गुरुङले बताए ।
स्वर्ण, रजत तथा कांस्य पदक प्राप्त गरिएका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप प्रदेशबाट क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको उनले बताए । उक्त खेलकुद प्रतियोगिता सम्पन्न भएको २ वर्षसम्म पनि पुरस्कार प्राप्त हुन नसकेकाले सो विषयमा तत्काल पहल गर्न मन्त्री महर्जनलाई ध्यानाकर्षण गराइएको उनको भनाई छ ।
प्रतियोगिता सम्पन्न भएको लामो अवधिसम्म प्रदेश सरकारबाट पूर्वघोषित पुरस्कार प्राप्त नहुँदा खेलाडीहरूको गुनासो बढिरहेको र पदक प्राप्त खेलाडीमा निराशा छाएको उनले बताए । उनका अनुसार निकट भविष्यमा नै हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै उक्त पूर्वघोषित नगद पुरस्कार खेलाडीहरूलाई उपलब्ध गराउन माग गरिएको छ । पुरस्कार उपलब्ध गराउन सकेको खण्डमा खेलाडीहरू अझ उत्साहित भएर आगामी प्रतियोगितामा प्रदर्शन गर्ने र बढी पदक जित्न सकिने उनले विश्वास व्यक्त गरे ।
उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कांस्य सहित १४५ पदक जितेको थियो ।
खेलाडीको हितका लागि प्रतिबद्ध छु : मन्त्री महर्जन
खेलाडीहरूको माग सम्बोधन गर्दै मन्त्री महर्जनले खेलाडीहरूको हक हित र प्रेात्सहानमा आफू प्रतिबद्ध रहेको बताए । खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि आफूले इच्छा गरेर खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको उनले बताए ।
खेलाडीहरूले प्राप्त गर्नुपर्ने पुरस्कार रकमका लागि विभागीय मन्त्रीको हैसियतले प्रदेश सरकार समक्ष दबाब बढाउने उनले बताए । आफू मन्त्री भएलगत्तै खेलाडीहरूको पुरस्कारको विषयलाई गम्भीरताका साथ अघि बढाएको र सो विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रीसँग निरन्तर छलफल गरिरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण