गृहमन्त्री लेखकसँग बेलायती राजदूतको शिष्टाचार भेट
शुक्रबार, ३२ साउन २०८१, १७ : १२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबिचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे ।
सो अवसरमा राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण