गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।
शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले भने, ‘यो परियोजना हाम्रो लागि राम्रो यो । यो परियोजना समयमै सम्पन्न हुने छ भन्ने विश्वास छ ।’ समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए ।
‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्या हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौँ,’ गृहमन्त्री लेखकले भने ।
यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए । ‘भारतको सबैभन्दा ठुलो अनुदानको परियोजना हो । यो समयमै सम्पन्न हुन्छ । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०–११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ । यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण