कुलमानको पक्षमा युवाहरू सडकमा उत्रिने
काठमाडौँ । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्ध भन्दै युवा अभियन्ताहरूले आन्दोलन गर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै युवाहरूले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा शनिबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ ।
सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुटा मुद्दा लगाएर उद्योगहरूलाई २२ अर्ब विद्युत् बक्यौता छुट दिन खोजिएको उनीहरूको आरोप छ । प्राधिकरणको २२ अर्ब बक्यौता उद्योगी व्यवसायीहरूले तिर्नुपर्ने र प्राधिकरण डुबाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरुले ९ बुँदे माग सार्वजनिक गरेका छन् ।
कार्यक्रमका वक्ता रवि किरणले देशमा बेथिति र भ्रष्टाचार बढिरहेकाले त्यसको लागि सशक्त आन्दोलन गर्न लागिएको बताए । सरकारले राज्यका निकायहरूलाई निकम्मा बनाउने र सुशासनको पक्षमा उभिएका मानिसहरूलाई प्रताडित गराउने काम गरेको उनको भनाइ छ ।
अर्का वक्ता विजय कँडेलले वर्तमान सरकारको काम कारबाहीप्रति कसैलाई पनि चित्त नबुझेको बताए । उनले देशमा चरम भ्रष्टाचार रहेको र भ्रष्टाचारको अन्त्य आफूहरूको मूल एजेण्डा रहेको बताए ।
कार्यक्रममा मुकेशबाबु देवकोटा, समिरा पोखरेल, विजय खड्गी, नगेन्द्र देउजा, दिनेश खनाल, देशभक्त युवा नेपालका संस्थापक अध्यक्ष अर्जुन पौडेल, शिव यादव, सोम शर्मालगायतले भ्रष्टाचारको विरुद्धमा आफ्ना अभिव्यक्तिहरू दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण