साहित्यमा ‘आफूविरुद्ध आफै’ अभियान सुरु
काठमाडौँ । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरूले ‘आफूविरुद्ध आफै’अभियान सुरु गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच यो अभियानको सुरुवात गरेका हुन् ।
यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरू प्रशंसाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।
सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आरएम डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो,’ कवि डङ्गोलले भने।
उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् ।अन्य सदस्यहरूमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशंकर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम् जिम्मेवार हुनुपर्ने धारणा राखे ।
साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रहभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई लेखकीय सुझाव दिएका थिए । त्यसैगरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले कृतिमाथि टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण