डोल्पा कांग्रेसमा लफडा, केन्द्रीय कार्यालयमा पर्यो उजुरी
त्रिपुराकोट– जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा फसेको हो । गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ ।
जिल्ला कार्यसमितिमा १८ जना हुनुपर्नेमा पार्टीको विधान विपरीत संख्या बढाएर २४ पुर्याएको भन्दै पार्टी सचिव, ६ जना जिल्ला कार्यसमिति सदस्य, दुई जना महासमिति सदस्य, चारजना महाधिवेशन प्रतिनिधि, तरुण दल, नेविसंघ, दलित संघ किसान संघ लगायतको टोलीले गत मंगलबारको जिल्ला कार्यसमिति बैठक बहिष्कार गरेको सचिव जयनन्द उपाध्यायले जानकारी दिए ।
विधानअनुसार पाँच वर्षसम्म क्रियाशील सदस्य नवीकरण पनि नभएको, क्षेत्रीय प्रतिनिधि र निर्वाचित जिल्ला कार्यसमितिको सदस्य पनि नभएको व्यक्तिलाई पार्टीको विधान मिचेर उपसभापति र पार्टी सचिवमा मनोनीत गरेको सचिव पक्षको आरोप छ ।
जिल्ला पार्टी सचिव, उपसभापति पदमा निर्वाचित हुनका लागि निरन्तर क्रियाशील सदस्यता पाँच वर्षसम्म नवीकरण भएकोे हुनुपर्ने विधानमा उल्लेख छ । सभापति बुढाले अवैधानिक रूपले विस्तार गरेको जिल्ला कार्यसमिति सदस्य खारेज गर्न माग राख्दै मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा उजुरी दर्ता गराई सकिएको सचिव उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण