डेंगुको 'हटस्पट' बन्यो तनहुँ
काठमाडौँ । तनहुँ जिल्ला डेंगु संक्रमितको 'हटस्पट' बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत माघयता देशभर पुष्टि भएका ३ हजार ७५५ जना डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै तनहुँमा ७१५ जना रहेको जनाएको छ ।
देशभरका ७७ मध्ये ७४ जिल्लामा डेंगु फैलिएको र जसमा १९ प्रतिशत सङ्क्रमित तनहुँमा भेटिएको ईडीसीडीले जनाएको छ ।
यस्तै, काठमाडौँमा ३५४ जना, कास्कीमा २७४, झापामा १४७ जना सङ्क्रमित छन् । यस्तै, चितवनमा १४५ जना, पर्वतमा १३६ जना, मकवानपुरमा ९० जना, गोरखाका ८५ जना डेंगु सङ्क्रमित छन् ।
यस्तै, संखुवासभाका ८३ जना र भोजपुरका ८२ डेंगु सङ्क्रमित छन् । यी दश जिल्लामा देशभरका सबैभन्दा बढी डेंगु सङ्क्रमित संख्या हुन् । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण