कृषि कर्मचारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन् ।
मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् ।
मन्त्री अधिकारी नियुक्ति भएको ३५ दिनमा पत्रकारसँग भेटघाटका क्रममा अब आउने क्याबिनेटबाट कृषि कर्मचारीको समस्या समाधान हुने भनाइ राखे ।
मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ।
२०७५ सालमा सङ्घीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए ।
२०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण