गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने
काठमाडौँ । लोकप्रिय गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्यान्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।
मोडलिङ सङ्घ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लब हात्तीसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विशेष प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुँवर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडिन नपाएको धेरै भएकोले पनि आफू कार्यक्रम देखिन लागेको गायक राईले बताए ।
कार्यक्रममा सुशील नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागिता रहनेछ ।
गायक धिरज राईको कार्यक्रमले काठमाडाैँका दर्शकलाई खुसी दिने विश्वास आफूले लिएको आयोजक नेपाल मोडलिङ सङ्घका प्रवक्ता प्रवेश गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण