गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने

काठमाडौँ । लोकप्रिय गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्यान्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।
मोडलिङ सङ्घ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लब हात्तीसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विशेष प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुँवर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडिन नपाएको धेरै भएकोले पनि आफू कार्यक्रम देखिन लागेको गायक राईले बताए ।
कार्यक्रममा सुशील नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागिता रहनेछ ।
गायक धिरज राईको कार्यक्रमले काठमाडाैँका दर्शकलाई खुसी दिने विश्वास आफूले लिएको आयोजक नेपाल मोडलिङ सङ्घका प्रवक्ता प्रवेश गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन