बेन अफ्लेकसँग पारपाचुकेका लागि जेनिफर लोपेजले बुझाइन् याचिका
लस एन्जलस । हलिउड दम्पती जेनिफर लोपेज र अभिनेता बेन अफ्लेकबीच सम्बन्ध विच्छेद हुन लागेको छ । वैवाहिक सम्बन्धबाट आफूलाई मुक्त गरिदिनु भन्दै अभिनेत्रीले अदालत याचिका दायर गरेकी छिन् ।
बिहे बन्धनमा बाँधिएको दुई वर्षपछि उनले पतिसँग छुट्टिने निर्णय गरेकी हुन् । मंगलबार लोपेजले लस एन्जलस काउन्टी सुपेरियर कोर्टमा सम्बन्ध विच्छेदसम्बन्धी याचिका दायर गरेकी छिन् । याचिकाको एक प्रतिलिपिसहित लोपेज वा उनको वकिलले अफ्लेकलाई जानकारी गराउनु पर्नेछ ।
याचिकामा उनले सम्बन्ध विच्छेदका लागि कुनै सर्तहरू नराखेको बताइएको छ । अदालतले उनलाई आफ्नो वित्तीय जानकारी पेस गर्न ६० दिनको म्याद दिएको छ । अफ्लेकलाई पनि यसका लागि अर्को ६० दिनको समय दिइनेछ । दुवैले तोकेको समयभित्र आ–आफ्नो वित्तीय अवस्थाको जनकारी दिन सकेनन् भने जरिवाना बेहोर्नु पर्नेछ ।
बेभर्ली हिल्समा रहेको अफ्लेक दम्पतीको महल विक्रीमा राखिएपछि महिनौँदेखि यी दुई छुट्टिन लागेको अफवाह सुरु भएको थियो । सार्वजनिक स्थलहरूमा लोपेज र अफ्लेक एक अर्काको साथमा देखिन छाडेकै बेलामा दुवैले बिहेको औँठी फुकालेपछि सम्बन्ध बिग्रिएको अड्कलबाजी चर्किएको थियो ।
लोपेज र अफ्लेकले सन् २०२२ को जुलाईमा लास भेगसमा बिहे गरेका थिए । सोही वर्षको अगस्टमा जर्जियामा बिहेको भव्य पार्टीको आयोजना गरिएको थियो । सन् २००३ मा केपर गिग्लीको सेटमा भेट भएपछि यी दुई प्रेममा परेका थिए । सुरुमा त दुवैले सोही वर्ष बिहे गर्ने योजना बनाएका थिए ।
तर सन् २००४ को सुरुमा सम्बन्ध टुङ्ग्याइदिए । २ दशकपछि उनीहरूले आफ्नो प्रेम सम्बन्ध सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण