चिया निर्यात अनुदानको २० लाख ३६ हजार रुपैयाँ निकासा
काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ईआईएफ नगद अनुदानबापत पहिलो किस्ताको रकम निकासा फुकुवा भएको छ । महालेखा नियन्त्रण कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय सिंहदरबारलाई पत्र लेख्दै आर्थिक वर्ष २०८१/८२ को पहिलो किस्ता बापत २० लाख ३६ हजार ९४५ रुपैयाँ निकासा फुकुवा गरेको हो ।
दातृ निकाय ईआईएफ नगद अनुदान शीर्षकमा सरकारले कूल १ करोड २५ लाख रुपैयाँ वार्षिक बजेट छुट्याएको छ । सोही बजेटबाट महालेखा नियन्त्रक कार्यालयले पहिलो चरणमा १६.३० प्रतिशत निकासा फुकुवा दिएको हो ।
उक्त अनुदान सम्बन्धी वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम ननाघ्ने गरी निकासा व्यवस्था हुने भनी २०८१ साउन ३२ गतेको पत्रानुसार २०८१/८२ को लागि चिया निर्यात प्रवर्द्धन अनुदान कार्यक्रमको पहिलो किस्ता निकासा फुकुवा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण