चिया निर्यात अनुदानको २० लाख ३६ हजार रुपैयाँ निकासा

काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ईआईएफ नगद अनुदानबापत पहिलो किस्ताको रकम निकासा फुकुवा भएको छ । महालेखा नियन्त्रण कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय सिंहदरबारलाई पत्र लेख्दै आर्थिक वर्ष २०८१/८२ को पहिलो किस्ता बापत २० लाख ३६ हजार ९४५ रुपैयाँ निकासा फुकुवा गरेको हो ।
दातृ निकाय ईआईएफ नगद अनुदान शीर्षकमा सरकारले कूल १ करोड २५ लाख रुपैयाँ वार्षिक बजेट छुट्याएको छ । सोही बजेटबाट महालेखा नियन्त्रक कार्यालयले पहिलो चरणमा १६.३० प्रतिशत निकासा फुकुवा दिएको हो ।
उक्त अनुदान सम्बन्धी वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम ननाघ्ने गरी निकासा व्यवस्था हुने भनी २०८१ साउन ३२ गतेको पत्रानुसार २०८१/८२ को लागि चिया निर्यात प्रवर्द्धन अनुदान कार्यक्रमको पहिलो किस्ता निकासा फुकुवा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ
-
यसरी पक्राउ परे कमल थापासहितका राजावादी, तस्बिरमा हेर्नुहोस्
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ