अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।
बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल गर्दै मन्त्री पाण्डेले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ ? त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले निर्देशन दिए ।
सोही अवसरमा मन्त्री पाण्डेले असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिए । ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला । असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छौं ? गर्न सक्ने कार्यक्रमहरू के–के हुन् ? गर्न नसक्ने काम के–के हुन् ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नुहोला,’ मन्त्री पाण्डेले भने ।
कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न समेत उनले निर्देशन दिए । त्यस्तै उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण