कैलालीको भजनी जलमग्न, ५ हजार घरधुरी डुबानमा

धनगढी । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । ९ वडा रहेको भजनी नगरपालिकाका मात्रै ५ हजार घरधुरी डुबानमा परेका हुन् ।
भजनी नगरपालिका– ३ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको जानकारी दिए ।
बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चोधरीले बताए । जसमध्ये करिब ९ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने उनको भनाइ ।
वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट