रैथाने बिउको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्थानीय तथा रैथाने जातको बिउ प्रयोग बढाउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थिति अनुकूल रैथाने बिउ प्रयोग आवश्यक रहेको बताएका हुन् ।
उनले कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको सामना गर्दै खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताको लागि रैथाने जातका गुणस्तरीय बीउबीजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए ।
गुणस्तरीय रैथाने बीउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिने उल्लेख गर्दे मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै सरकारको पहिलो सर्त भएको धारणा राखे ।
बीउबिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत खाद्य सुरक्षा तथा आयात प्रतिस्थापन गर्नुपर्ने उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बीउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण