ट्युनियाकी योस्रा जेरामदिनीले मधेस युनाईटेडबाट खेल्ने
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि मधेस युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेसले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।
यो सँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेस पहिलो टोली बनेको छ । मधेसले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।
ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिमा अब मधेस युनाईटेडबाट खेल्नेछिन् । योस्राको आगमनले मधेस युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने विश्वास छ ।
ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्य समेत समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाइ १८४ सेन्टिमिटर छ ।
योस्राले मधेस युनाईटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेस युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । 'पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिगमा म मधेस युनाईटेडबाट खेल्दै छु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्साहित छु ।'
मधेस युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेस टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् ।यसअघि नै मधेस युनाईटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ ।
नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेस टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारु र हिरा केसी पनि मधेस टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेसको टिममा छिन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेस्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।
_e79PcVeLEE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण