निजी क्षेत्रलाई सुरक्षित बनाउने कानुन बन्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने र सम्पूर्ण रूपले लगानी सुरक्षित हुने खालको कानुन बन्ने बताएका छन् ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्र उत्साहित हुने कानुन बन्नेमा ढुक्क हुन आग्रह गरे ।
निजी क्षेत्रका विभिन्न छाता संगठनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) र भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमा संशोधनको आवश्यकता रहेको बताउँदै आएका छन् ।
‘उद्योगी, व्यवसायी जोडिएका विभिन्न ऐनमा तपाईंहरूले सुझाव दिनुभएको छ । सरोकारवालको सुझाव सरकारले ग्रहण गर्छ । कानुनले व्यवसाय प्रवर्द्धन गर्नुपर्छ र लगानी सुरक्षित महसुस गराउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ,’ उनले भने ।
मन्त्री पौडेलले सरकार एकोहोरो रूपमा कानुन लाद्ने पक्षमा नरहेको बताए । उनले भने, ‘यो सरकार सबैको सुझाव समेटेर अगाडि बढ्छ । तपाईँहरू ढुक्क हुनुस् नयाँ बन्ने कानुनले कतै पनि निजी क्षेत्रलाई संकुचन र निरुत्साहित गर्दैन ।’
सरकारले निजी क्षेत्रको महत्त्व बुझेकाले कानुनमार्फत नै बलियो र सुरक्षित निजी क्षेत्र बनाउन सरकार लागेको मन्त्री पौडेलले दाबी गरे ।
अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासका लागि उत्पादन र रोजगारी बढाउनुपर्ने जोड दिए । उनले भने, ‘कुनकुन ठाउँमा कहाँकहाँ कमजोरी छन् । सरकार सच्याउन तयार छ । कानुनले भएका कमजोरी हटाउँछ । तर तपाईं उद्योगी, व्यवसायी मित्रहरू रोजगारी र उत्पादन वृद्धिको योजनामा लाग्नुस् । सरकार साथमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण