प्रधानमन्त्री मोदीले दिए युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो

कीभ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भने, “भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ ।”
जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरेका थिए । “विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ”, उनले भने ।
प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए ।
प्रधानमन्त्री मोदीले कीभमा युक्रेनको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गरेको जनाइएको छ । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य