इन्जुरी समयको ११ औँ मिनेटमा गोल गर्दै लेभरकुजनको विजयी सुरुवात
बोरुसिया पार्क । साबिक विजेता बायर लेभरकुजनले बुन्डेस लिगाको नयाँ सिजनमा नाटकीय जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लेभरकुजनले बोरुसिया मोचेनग्लाडबाचलाई ३–२ गोल अन्तरले हराएको हो ।
फ्लोरियन विर्ट्जले इन्जुरी समयको ११ औँ मिनेटमा पेनाल्टीको रिबाउन्डबाट गोल गर्दै टोलीलाई जित दिलाए । अमिन अडलीलाई डीबक्सभित्र फल हानेपछि लेभरकुजनले पेनाल्टी पाएको थियो । सुरुवातमा गोलकिपर जोनस ओमलिनले पेनाल्टी रोके पनि विर्ट्जले रिबाउन्डलाई गोलमा परिणत गरेका थिए ।
यसअघि ज्याभी ओलोन्सोको टोलीले खेलको १२ औँ मिनेटमा अग्रता लिएको थियो । ग्रानिट जाकाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३८ औँ मिनेटमा विर्ट्जले गोल गर्दै लेभरकुजनको अग्रता दोब्बर बनाए ।
तर, दोस्रो हाफको ५९ औँ मिनेटमा मोचेनग्लाडबाचका लागि निको एल्भेडीले एक गोल फर्काए भने ८५ औँ मिनेटमा टिम क्लाइनडेन्सटले बराबरी गोल गरेका थिए । खेल बराबरीतर्फ अग्रसर भइरहँदा विर्ट्सले खेलको अन्तिम समयमा टोलीका लागि महत्त्वपूर्ण ३ अङ्क बटुले ।
यसअघि शनिबार लेभरकुजनले जर्मन सुपर कपको फाइनलमा स्टुटगार्टलाई पेनाल्टीमा हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण