नेपालगन्जमा छाडा पशु चौपाया व्यवस्थापन सुरु
बुटवल । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो ।
शनिबारदेखि नगरका छाडा पशु चौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए ।
तीमध्ये गाई गोरु ५२ वटा र घोडा १२ वटा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशु चौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो ।
नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले आ(आफ्ना पशु चौपाया घरमै बाँध्न आग्रह गर्दे पशु चौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए । नेपालगन्जमा खुला सीमा नाका कारण पनि छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण