टेबलटेनिस संघमा हमाल निर्विरोध
शनिबार, ०८ भदौ २०८१, २० : ३१
काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् । शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल सदस्यमा चयन भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले नयाँ कार्यसमितिले ४ वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण