आर्सनल लगातार दोस्रो खेलमा विजयी
आइतबार, ०९ भदौ २०८१, ०७ : २७
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जीतमालियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एकगोल गरेका थिए ।
पहिलो हाफगोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ६७ औँ मिनेटमा अग्रता लिएको थियो । ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।
त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । त्यसपछि दुवैतर्फबाट थपगोल नभएपछि अन्ततः २–० को नतिजानिकाल्न सफलभयो । जीतसँगै आर्सनलले २ खेलबाट ६ अंकबनाउँदा एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण