चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा टङ्क पोखरेल निर्वाचित
बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा टङ्कप्रसाद पोखरेल निर्वाचित भएका छन् । यसै गरी वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष जिल्ला नगरमा जेपी कँडेल, उपाध्यक्ष वस्तुगतमा चन्द्रप्रकाश श्रेष्ठ र उपाध्यक्ष एसोसिएटमा लोकहरि श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री र सचिवमा अजय न्यौपाने निर्वाचित भए । सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मञ्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भएको जानकारी दिइएको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण