चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा टङ्क पोखरेल निर्वाचित

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा टङ्कप्रसाद पोखरेल निर्वाचित भएका छन् । यसै गरी वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष जिल्ला नगरमा जेपी कँडेल, उपाध्यक्ष वस्तुगतमा चन्द्रप्रकाश श्रेष्ठ र उपाध्यक्ष एसोसिएटमा लोकहरि श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री र सचिवमा अजय न्यौपाने निर्वाचित भए । सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मञ्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भएको जानकारी दिइएको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?