कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते
सोमबार, १० भदौ २०८१, १९ : १३
बुटवल । पूर्व–पश्चिमी राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
आइतबार सुर्खेतबाट बुटवलतर्फ आउँदै गरेको लु२ख १५९८ नम्बरको बसले मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलका अनुसार १९ जना घाइतेमध्ये ७ जनाको भैरहवा युनिभर्सल मेडिकल, ५ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भएको छ ।
एसपी पौडेलले घाइते सबै खतरा मुक्त रहेको बताए । उनले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण