कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते
सोमबार, १० भदौ २०८१, १९ : १३

बुटवल । पूर्व–पश्चिमी राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
आइतबार सुर्खेतबाट बुटवलतर्फ आउँदै गरेको लु२ख १५९८ नम्बरको बसले मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलका अनुसार १९ जना घाइतेमध्ये ७ जनाको भैरहवा युनिभर्सल मेडिकल, ५ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भएको छ ।
एसपी पौडेलले घाइते सबै खतरा मुक्त रहेको बताए । उनले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय