इंग्ल्यान्डका पूर्वम्यानेजर एरिक्सनको निधन
लन्डन । इंग्ल्यान्डका पूर्वम्यानेजर स्भेन गोरन एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका बेलायतबाहिरका पहिलो म्यानेजर थिए ।
सन् २००१ देखि २००६ सम्म पाँच वर्ष नेतृत्व सम्हालेका एरिक्सनले टोलीलाई तीनवटा मुख्य प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुर्याएका थिए ।
क्यान्सर रोग भएको पत्ता लागेपछि उनले गत जनवरीमा आफूसँग बढीमा एक वर्ष बाँकी रहेको बताएका थिए । उनका सन्तान लिना र जोहानले एरिक्सनको निधन उनको घरमा नै भएको जानकारी दिएका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाहेक उनले १२ वटा क्लबको नेतृत्व पनि सम्हालेका थिए । यसमा म्यानचेस्टर सिटी, लेस्टर, रोमा, लाजियोलगायत रहेका छन् । उनले यस क्रममा १८ वटा ट्रफी पनि जितेका थिए ।
स्विडिस प्रशिक्षक मेक्सिको, आइभोरी कोस्ट र फिलिपिन्सको पनि म्यानेजर बनेका थिए । २७ वर्षको उमेरमा खेलाडीबाट संन्यास लिएका उनले सन् १९७७ मा स्विडिस क्लब डेगरफोर्नसबाट म्यानेजरको करियर सुरुवात गरेका थिए ।
त्यसपछि स्विडेनकै गोथनबर्गको म्यानेजर बनेका उनले क्लबसँग लिग उपाधिसँगै दुई घरेलु कप र सन् १९८२ मा यूईएफए कप पनि जितेका थिए ।
उनी त्यहाँबाट पोर्चुगिज क्लब बेनफिका पुगेर दुई वर्ष बिताए । त्यस्तै, इटालियन क्लब रोमा, फ्लोरेन्टिना, साम्पडोरिया र लाजियोको म्यानेजर बन्दै उनले सात वटा ट्रफी जिते । यसमा सिरिए उपाधि, दुई इटालियन कप र युरोपियन विन्नर्स कप समावेश रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण