गायिका मराया केरीकी आमा र दिदीको एकै दिन निधन

एजेन्सी
न्युयोर्क । चर्चित गायिका माराया केरीकी आमा प्याट्रिसिया र दिदी एलिसनको एकै दिन निधन भएको छ । अमेरिकी गायिकाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएकी हुन् ।
‘मेरी आमा गुमाउँदा मेरो मुटु चुँडिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुखद रूपमा मेरी दिदीको पनि सोही दिन निधन भएको छ ।’
ग्रामी विजेता गायिकाले निधन अघि आफ्नी आमासँग समय बिताउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउँदै गोपनीयताका लागि आग्रह गरेकी छन् । उनको निधनबारे थप जानकारी साझा गरिएको छैन ।
८७ वर्षीया प्याट्रिसिया पूर्व ओपेरा गायिका र भोकल कोच रहेकी थिइन् । मरायाको आमा र दिदी दुवैसँग जटिल सम्बन्ध रहेको थियो । सन् २०२० मा मरायाले ‘द मिनिङ अफ मराया केरी’ नामक आत्मवृत्तान्त सार्वजनिक गरेकी थिइन् । जसमा उनले आफ्नी आमासँगको सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् ।
त्यसपछि उनकी दिदी ६३ वर्षीया एलिसनले सो आत्मवृत्तान्तले आफूलाई मानसिक तनाव दिएको भन्दै मरायाविरुद्ध १२ लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा समेत हालेकी थिइन् ।
मरायाका पिता अल्फ्रेडको सन् २००२ मा क्यान्सर रोगबाट ७२ वर्षको उमेरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति