गायिका मराया केरीकी आमा र दिदीको एकै दिन निधन
एजेन्सी
न्युयोर्क । चर्चित गायिका माराया केरीकी आमा प्याट्रिसिया र दिदी एलिसनको एकै दिन निधन भएको छ । अमेरिकी गायिकाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएकी हुन् ।
‘मेरी आमा गुमाउँदा मेरो मुटु चुँडिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुखद रूपमा मेरी दिदीको पनि सोही दिन निधन भएको छ ।’
ग्रामी विजेता गायिकाले निधन अघि आफ्नी आमासँग समय बिताउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउँदै गोपनीयताका लागि आग्रह गरेकी छन् । उनको निधनबारे थप जानकारी साझा गरिएको छैन ।
८७ वर्षीया प्याट्रिसिया पूर्व ओपेरा गायिका र भोकल कोच रहेकी थिइन् । मरायाको आमा र दिदी दुवैसँग जटिल सम्बन्ध रहेको थियो । सन् २०२० मा मरायाले ‘द मिनिङ अफ मराया केरी’ नामक आत्मवृत्तान्त सार्वजनिक गरेकी थिइन् । जसमा उनले आफ्नी आमासँगको सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् ।
त्यसपछि उनकी दिदी ६३ वर्षीया एलिसनले सो आत्मवृत्तान्तले आफूलाई मानसिक तनाव दिएको भन्दै मरायाविरुद्ध १२ लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा समेत हालेकी थिइन् ।
मरायाका पिता अल्फ्रेडको सन् २००२ मा क्यान्सर रोगबाट ७२ वर्षको उमेरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण