सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम समयमै सक्न मुख्यमन्त्री आचार्यको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधीन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको काम समयमै सक्न निर्देशन दिएका छन् ।
मंगलबार सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रदेशको पहिलो सुरुङ मार्ग रहेकाले सुरुङको निर्माणपछि विकासमा नयाँ युगको सुरुवात हुने बताए ।
मुख्यमन्त्री आचार्य सुरुङ मार्ग निर्माण सम्पन्न भए नागरिकलाई आवतजावतमा सहजता हुनेका साथै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै सभामुख तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा साबित हुने बताए ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर २४ सै घण्टा खन्ने काम भइरहेको छ ।
अबको दुई–तीन महिनाभित्र सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
सुरुङ मार्गको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने गरी यसको निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा