जहिर खान लखनउ सुपर जायन्ट्सको मेन्टर बन्न तयार
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि जहिर खानले लखनउ सुपर जायन्ट्सको मेन्टर बन्ने प्रस्तावलाई स्वीकार गरेका छन् । जहिर खान भारतीय टोलीका तिब्रगतिका पूर्वबलर हुन् ।
यसअघि जहिर खान अर्को आईपीएल क्लब मुम्बई इन्डियन्ससँग जोडिएका थिए । उनले सन् २०१८ देखि सन् २०२२ सम्म मुम्बई इन्डियन्सको क्रिकेट निर्देशक र त्यसपछि विश्व क्रिकेट विकास कार्यक्रमका प्रमुख थिए ।
जहिर खानले खेलाडीको भूमिकामा पनि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनले खेलाडीको भूमिकामा आईपीएलमा एक सय खेल खेल्दै कुल एक सय दुई विकेट लिएका थिए ।
लखनउ सुपर जायन्ट्सले अहिले बलिङ प्रशिक्षकको पनि आवश्यक्ता छ । मोर्ने मोर्केलले क्लब छाडेपछि त्यो पद रिक्त भएको हो । मोर्ने मोर्केललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राष्ट्रिय टोलीको बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।
त्यसैले पनि जहिर खानलाई भित्राउँदा लखनउ सुपर जायन्ट्सलाई दोहोरो फाइदा पुग्ने देखिन्छ । हाल लखनउ सुपर जायन्ट्सको प्रमुख प्रशिक्षकमा जस्टिन लेैंगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण