अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए प्रभावशाली ब्याट्सम्यान डेभिड मलानले
काठमाडौँ । इङ्ल्यान्डका चर्चित क्रिकेट खेलाडी डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनी इङ्ल्यान्डका अलराउन्डर खेलाडी थिए । ३७ वर्षीय यी बायाँहाते ब्याट्सम्यानले इङ्ल्यान्डका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् ।
उनी टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको पहिलो स्थानमा समेत रहिसकेका खेलाडी हुन् । मलान लामो समयदेखि टोलीमा परेका थिएनन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकप पछि कुनै पनि प्रतियोगिता खेलेका थिएनन् ।
मलानले इङ्ल्यान्डका लागि २२ टेस्टको ३९ पालीमा कुल एक हजार ७४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले एक सतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ४० रन हो ।
यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेल खेल्दै कुल एक हजार चार सय ५० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले ६ सतक र सातवटा अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा पनि उनको उच्च स्कोर एक सय ४० रन नै हो ।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६२ खेल खेल्दै कुल एक हजार आठ सय ९२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक सतक र १६ वटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय तीन रन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण