रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्
जोमसोम– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले हिमाली जिल्ला मुस्ताङको मुुक्तिनाथ भ्रमण गर्ने भएपछि यहाँको चिसो वातावरण एकाएक तातिएको छ । स्थानीय प्रशासन, स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म मोदीको स्वागतका लागि जुटेका छन्, यतिबेला । दुई दिने नेपाल भ्रमणको सिलसिलामा मोदी शनिबार बिहान जोमसोम आइपुग्ने कार्यक्रम रहेको छ ।
यतिखेर मुस्ताङमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ ।
मोदीको स्वागतका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले रातोपाटीलाई जानकारी दिएका छन् ।
केही दिनयता प्रशासनले मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त दुरुस्त बनाएको छ ।
सर्वसाधारणलाई कुनै असर नगर्ने हिसावले सुरक्षा प्रवन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार मोदीको मुस्ताङ भ्रमणका बेला सुरक्षाको अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
यता, मुस्ताङबासीहरुले पनि मोदी मुस्ताङ आउने भएपछि स्वागत गर्न आतुर भएको बताएका छन् । स्थानीयले मोदी मुस्ताङ आउनेभएपछि विश्वमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
मुक्तिनाथ, जोमसोम र आसपासका क्षेत्रका तस्बिरहरु हेर्नुहोस्




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण