मैदानमा ढलेका उरुग्वेका फुटबलरको निधन
उरुग्वे । अनियमित मुटुको चालका कारण मैदानमा ढलेका नासियोनलका डिफेन्डर हुवान इज्कुइएर्डोको निधन भएको छ । २७ वर्षीय उरुग्वेन खेलाडी गत २२ अगस्तमा भएको साउ पाउलोविरुद्धको खेलमा कार्डियाक अरेस्टपछि मैदानमा ढल्न पुगेका थिए ।
हुवान साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको थियो । क्लबले सुरुवातमा उनको अवस्था स्थिर रहेको बताए पनि पछिल्ला केही दिनमा उनको अवस्था खराब बन्दै गएको थियो ।
उनलाई आइतबार भेन्टिलेटरमा राखिएको थियो भने उनलाई सोमबारदेखि न्युरोलोकिल केयरमा राखिएको थियो ।
खेलमा उनलाई दोस्रो हाफमा मैदानमा प्रवेश गराइएको थियो । उनी ८४ औँ मिनेटमा मैदानमा ढल्न पुगेका थिए । उनी ढल्दा अन्य कुनै खेलाडीसँग सम्पर्क भएको थिएन । त्यसअघि उनलाई मुटुसम्बन्धी कुनै पनि समस्या देखिएको थिएन ।
उरुग्वेन क्लबले एक्समा एक पोस्ट गर्दै हुवानको निधनको जानकारी दिएको छ । ब्राजिलियन क्लब साउ पाउलोका प्रवक्ताले फुटबलका लागि यो दुःखको दिन भएको प्रतिक्रिया दिएका छन् ।
इन्टर मियामीका स्ट्राइकर लुइस सुवारेजले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्पेनिस पत्रिका एल पाइसका अनुसार हुवानकी पत्नीले १० दिनअघि मात्र दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण