कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएका हुन् ।
उनले भने, ‘विद्युतीकरण र विद्युत् उपभोक्ताचाहिँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहिँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यस कारणले बाँकी बक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाऊ भनेर समय, सीमा तोकिदिने । र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने सिवाय लेखा समितिले अरू कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नु हुन्न भन्ने अडानमा म छु ।’
सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण