सीएमसी कर्पोरेट कप भदौ १४ देखि
चितवन । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सीएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न सङ्घ संस्थाको सहभागिता रहने छ । १६ संस्थाको सहभागिता रहने प्रतियोगिता आठ ओभरको हुने सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । उनकानुसार प्रतियोगिता बिहान र साँझको समयमा मात्रै हुनेछ ।
लिग विधामा रहेर खोलाइने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार र द्वितीय हुनेलाई नगद रु २५ हजारसहित ट्रफी तथा मेडल प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेज (सीएमसी) का प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर प्रतियोगिता गर्न लागिएको बताए । खेल क्षेत्रले मानव स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षत्रको विकासमा आफूहरू सधैँ तत्पर रहने बताए । यस्ता प्रतियोगिताले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रतियोगितामा सबै कर्पोरेट सङ्घ संस्थाका कर्मचारी सहभागी हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथा
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण