एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गर्दै अगामी कार्ययोजना तय गर्न लागेको हो ।
बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठक थापागाउँस्थित अर्पण बैंकेटमा ११ बजेपछि बस्ने छ । गत असारमा १० औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो ।
बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ ।
‘ महाधिवेशनको समग्र समीक्षा, आगामी कार्ययोजना बन्छ र अहिलेका पदाधिकारीलाई स्थायी कमिटीको काम गर्ने जिम्मा दिन्छ’, ज्वालाले जानकारी दिए ।
आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने सो पार्टीका नेताहरूले बताएका छन् । त्यस्तै आयोग, सल्लाहकार परिषद् र विभागहरूको गठन गर्नेछ । केन्द्रीय समितिले नयाँ बन्ने स्थायी कमिटीलाई नेताहरूको जिम्मेवारी बाँडफाँडको अधिकार प्रत्यायोजन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण