झण्डै अढाइ महिनापछि कोशी प्रदेशसभा बैठक बस्दै, कांग्रेस सत्ता पक्षमा बस्ने
विराटनगर । झन्डै अढाई महिना अगाडि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ । चालू आर्थिक वर्षको बजेट पास गरेर गत असार ८ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
कांग्रेस–एमालेको गठबन्धन बनेपछि आफू सरकारमा सहभागी भएपछि मात्रै बैठक राख्न कांग्रेसले दबाब दिएको थियो । तर, आन्तरिक किचलोका कारण गठबन्धन बनेको दुई महिना पुग्न लाग्दा पनि कांग्रेस सरकारमा सहभागी भएको छैन । यद्यपि सरकारमा सहभागी नभएकै अवस्थामा प्रदेशसभाको बैठक बस्न लागेको हो ।
सरकारमा सहभागी नभए पनि कांग्रेसले सत्ता पक्षको कुर्सीमा बस्ने भएको छ । कांग्रेसले प्रदेशसभालाई उक्त जानकारी दिएको हो । गत साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्र भने प्रमुख प्रतिपक्ष दलको हैसियतमा बैठकमा सहभागी हुने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभामा सरकारले तीनवटा विधेयक दर्ता गरिसकेको छ । जसमा केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती ऐन संशोधन विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन संशोधन विधेयक रहेका छन् । शुक्रबारको बैठकमा तीनवटै विधेयक टेबल हुने सम्भावना रहेको छ । यद्यपि प्रदेशसभा बैठक सुरु हुनुभन्दा अगाडि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्नेछ ।
यसअघि लामो समय बैठक नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएको थियो । लगतै नेकपा एमालेले पनि बैठक राख्नुपर्ने माग राखेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण