राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक आज
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो ।”
सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा रहेका छन्। उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताए ।
संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनेछन् भने बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटो शिखर सम्मेलन सुरु, कसका के छन् दाउ ?
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण