काठमाडौँसहित पाँच जिल्लामा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित
काठमाडौँ । काठमाडौँसहित पाँच जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । डेंगु फैलिएका ७५ जिल्लामध्ये तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका हुन् ।
ईडीसीडीका अनुसार हालसम्म तनहुँमा १ हजार ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जसअनुसार यी जिल्लामामात्रै ३ हजार ३७६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।
मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भइसकेको पनि ईडीसीडीले जनाएको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण