मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे
काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् ।
आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरे ।
उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा गयौँ, तर पनि समस्या विभिन्न रूपले यथावत् छ ।’
साथै उनले मिटर ब्याजपीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता रहेको उनको भनाई छ ।
यस्तै उनले बैङ्किङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘चेक अनादर हुँदा अर्थात बैङ्किङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैङ्किङ कसुर प्रक्रियामा गयो अर्थात पुष्टि भयो भने त्यसपछि पनि ती व्यक्तिहरूले अर्को बैंकबाट र अरू ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुनस्थिति छ त्यसमा हामीले टाइट गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण