केन्द्रीय समिति बैठक
महामन्त्री थापाले भने– आगामी चुनावमा कांग्रेस एक्लै लड्छ, रूखमा भोट हाल्न पाउने ग्यारेन्टी हुन्छ
आइतबार, १६ भदौ २०८१, १९ : ०४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै बहुमत ल्याउने पार्टी बन्ने गरी तयारी गर्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले चुनाव अघिको गठबन्धनको विषयमा आफ्नो प्रतिवेदनमा भाषा मिलाइएको भन्दै कांग्रेस एक्लै चुनाव लड्ने र रूखमा भोट हाल्न पाउने विश्वास जनतामा दिलाउने गरी निर्णय हुने बताए ।
उनले विधानले तोकेको समयमा महाधिवेशन हुने र यसका लागि विधान परिमार्जन समिति गठन गरिने उनले बताए । समिति पार्टी सभापति शेरबहादुर देउवाले गठन गर्ने पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण