शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

मङ्गलबार, ३० जेठ २०७४, १४ : २५
मङ्गलबार, ३० जेठ २०७४

 

रुकुम  दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । 

भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दाइ हर्कप्रसाद सुनार नेकपा ९एमाले०बाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा ९माओवादी केन्द्र०बाट दलित महिला सदस्यमा उम्मेदवार बनेका हुन् । 

एमालेका उम्मेदवार हर्कप्रसाद गाउँमा रहेको आधारभूत विद्यालय डलिबाङको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लीलाले लामो समयदेखि स्वास्थ्य स्वयम्सेविका, वन समूहको सचिवलगायतका सामाजिक काम गर्दै आएका स्थानीय रमेश बुढाले बताए । 

दुवै दाजुबहिनी विगतदेखि नै समाजसेवामा रहेकाले कसले बाजी मार्छ भन्नेमा धेरैले चासो राखेका छन् । चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । 

दुवैले आ–आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन् । हर्कप्रसादले ६ नं वडामा एमालेको राम्रो पकड भएकाले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताउनुभएको छ । माओवादीको जित निश्चित भएकाले आफूले दाइलाई उम्मेदवार नहुन आग्रह गरेको तर उहाँले नमानेको लीलाको भनाइ छ । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप