सिरहामा स्रोत नखुलेका चाँदीको गहनासहित युवक पक्राउ
लहान । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षीय दीपेन्द्र विश्वकर्मालाई करिब ८ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।
चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रङ्गको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिब ८ केजी चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गर–गहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण