डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार जना पुग्यो
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो ।
ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
बढी डेंगु सङ्क्रमित भएका दश जिल्ला
ईडीसीडीका अनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित सङ्ख्या छ । सो जिल्लामा ११ सय ४९ जना ंक्रमित छन् । यस्तै, कास्कीमा ७६४ जनामा सङ्क्रमण देखिएको छ भने पर्वतमा ६५७ जना, काठमाडौँमा ५५२ जनामा सङ्क्रमण फैलिएको छ । यस्तै, चितवनमा ५३३ जना, गोरखामा २६२ जना, झापामा १६८ जना, मकवानपुरमा १२५ जना, ललितपुरमा ११९ जना र स्याङ्जामा ११५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट नै जोगिनुपर्ने चिकित्सक सुझाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण