कांग्रेस—एमाले गठबन्धन लामो समय जाँदैन : सांसद आलेमगर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले कांग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन् ।
सरकारमै रहेका मन्त्रीहरूले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताए । उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो नरहेको बताए ।
उनले भने, ‘यतिबेला एउटा गठबन्धनको सरकार छ । सबैभन्दा ठुला दुई दलहरू मिलेर बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ । यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन । हामी रोई, कराई गरेका छैनौँ । बिलौना गरेका छैनौँ । यो अगाडि बढोस् ।’
सांसद आलेमगरले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म