कांग्रेस—एमाले गठबन्धन लामो समय जाँदैन : सांसद आलेमगर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले कांग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन् ।
सरकारमै रहेका मन्त्रीहरूले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताए । उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो नरहेको बताए ।
उनले भने, ‘यतिबेला एउटा गठबन्धनको सरकार छ । सबैभन्दा ठुला दुई दलहरू मिलेर बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ । यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन । हामी रोई, कराई गरेका छैनौँ । बिलौना गरेका छैनौँ । यो अगाडि बढोस् ।’
सांसद आलेमगरले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण