मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने
धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए ।
सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
-
रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण