फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
सारांश
- फिल्म ‘जलाकी’ आगामी मङ्सिर ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
- निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
- सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासनासिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ ।
काठमाडौँ । फिल्म ‘जलाकी’ आगामी मङ्सिर ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासनासिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक सङ्घर्षलाई उजागर गरेको छ ।
सुपरहिट फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरकै निर्देशन रहेको फिल्म मगर समुदायको कथामा बनेको हो । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सोनाम तोप्देन र उपासनासिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचामगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय छ । बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिनेछन् ।
यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्ममा शैलेन्द्र डी. कार्कीको छायाङ्कन, एसडी योगी र सरिता राईको संगीत छ । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण