विभिन्न स्थानमा ७ जना मृत फेला
शनिबार, २२ भदौ २०८१, १८ : ०१
काठमाडौँ । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
- सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राईको छोरा १७ वर्षीय मनोज राई (मंगले) सोही गाउँपालिका-३ स्थित खोङलुवा खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, छत्रेश्वरी गाउँपालिका-२ गुरासे बस्ने ७२ वर्षीया रविदेवी कामी सोही गाउँपालिका-२ गतिन भन्ने ठाँउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी सल्यान, कालिमाटी गाउँपालिका-६ भैसीदमार बस्ने ६२ वर्षीय कर्ण बहादुर रास्कोटी सोही गाउँपालिका-६ जुमखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, दमक नगरपालिका-१० सेतुमारी डेरा गरी बस्ने ईलाम माङ्सेबुङ गाउँपालिका-६ बाझो घर भएका ४८ वर्षीय मेघराज बोहरा सोही ठाउँस्थित नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, लालबन्दी नगरपालिका-१ भिखारी टोल बस्ने ६२ वर्षीय श्याम बहादुर पाख्रिन सोही ठाउँस्थित उखु बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-११ पातुखोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मोरङ, धनपालथान गाउँपालिका-६ पिण्डेश्वरी शिव मन्दिरस्थित पोखरीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण